aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति पुग्यो ?

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८८ पैसा र बिक्री दर १४३ रूपैयाँ ५३ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ५४ पैसा र बिक्री दर १६३ रूपैयाँ २८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ४२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ४४ पैसा र बिक्री दर ८८ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस