aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ऋणीका घर अगाडी एनआईसी बैंकले उभ्यायो खुकुरी भिरेका मान्छे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
ऋणीका घर अगाडी एनआईसी बैंकले उभ्यायो खुकुरी भिरेका मान्छे

काठमाडौं । एनआईसी एशिया बैंकले एक ऋणीको घर अगाडी ऋण नतिरेको भन्दै सुरक्षाकर्मी राखेको छ । बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री) को घरको गेटमा सुरक्षागार्ड राखेको हो ।

बिक्रम तिम्सिनाले लिएको ऋणको सावाँ–व्याज समयमा नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ । लिलामीको सूचना जारी गरेको बैंकले सुरक्षागार्ड तैनाथ गरेको तिम्सिनाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान ‘नेपाल प्रहरी’ नभएर एनआईसी एशिया बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु । केही व्यक्तिहरुले विक्रम श्रीलाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको भन्ने भ्रामक खवर बजारमा फैलाएको  थाहा भयो, फैलाउने र बैंक लाई उक्साउने ब्यक्तिको पहिचान भइसकेको पनि जानकारी गराउदछु । समयमा किस्ता बुझाउन नसक्दा कठोर नियमवाला बैंकले आफ्नो काम गरेको हो । यसमा मेरो गुनासो छैन गार्डको राम्रो हेर देख गरिदिएको छौं । समयमा किस्ता बुझाउन प्रयासरत छु ।’ 

समयमा किस्ता तिर्न खोज्दा समेत समयमा पैसा नउठेका कारण समस्या भएको समेत उनले भनेका छन् । तिम्सिनाले लेखेका छन्, ‘समयमा किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले  सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं । एकै दिन एकै पटक एनआईसी मेरो बैंकले सात दिने, ३५ दिने र घर लिलामगर्ने पत्रीकामा छाप्ने तैयारीको सूचना को पत्र सहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन् । मलाई कालो सुची गर्नु सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि ध्यानाकर्षण भएको छ ।’

उनले अगाडी लेखेका छन्, ‘एनआईसीको ताकेताबारे ऋणिहरुलाइ अवगतनै छ । धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आउनु, घर या कार्यक्षेत्रमा नै भेट गरि ताकेता गर्नु, भेट भएको रिपोर्ट भनी तस्वीर खिचेर लानु, प्रतिष्ठाको ख्याल नगरिनु, सहानुभूति भन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनु ले सबैलाई दुखित बनाएको छ । यसमा बैंकले आफ्नो स्लोगन बैंक पनि साथी पनि सम्झनु पर्दछ । यस्तो विषम परिस्थितिमा ब्याज मात्र लिइ दिएर सहयोगगरे ऋणदाता प्रति धेरै सद्भाव बढ्ने  थियो ।’  

यो पनि पढौंः ऋण उठाउन नसकेपछि एनआईसी एशिया बैंकले गुहार्‍यो कम्पनी रजिष्ट्रार

प्रतिक्रिया दिनुहोस