aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चन्द्रागिरि साकोसका सदस्यहरुले स्वास्थ्य तथा औषधि उपचारमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
चन्द्रागिरि साकोसका सदस्यहरुले स्वास्थ्य तथा औषधि उपचारमा छुट पाउने

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा थप सुविधा हुने भएको छ । बुधबार चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुविच एक सहमती पत्रमा हस्ताक्षर भई उक्त सुविधाहरु प्राप्त हुने भएको हो ।

यस अघि पनि सदस्यहरुले उक्त अस्पतालबाट सामान्य सुविधा प्राप्त गर्दै आईरहेको थियो ।  पछिल्लो समय उक्त अस्पतालको व्यवस्थापन मेडी प्राईड हेल्थ केयर प्रालिद्वारा सञ्चालन भए पनि सदस्यहरुलाई थप सुविधा र सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त समझदारी पत्रमा अस्पतालका कार्यकारी निर्देशक डा. नस्तु प्रसाद शर्मा र संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठविच नयाँ सहमती पत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य तथा औषधि उपचारमा अब चन्द्रागिरि साकोसका सदस्यहरुले निम्न छुट र सहुलियतहरु पाउने छन् । सामान्य शैया, ल्याव परीक्षण, एक्स–रे एवं भिडियो एक्सरे, ईसिजिमा १५ प्रतिशत छुट हुने छ ।

त्यस्तै,  क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापी मा १० प्रतिशत, वर्षको एक पटक होल बडी चेक अप–जेनेरल हेल्थ प्याकेज÷स्पेशल हेल्थ प्याकेजमा १५ प्रतिशत छुट हुने जनाइएको छ ।

आर्थिक रुपले विपन्न तथा असहाय सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २० प्रतिशत ८० बर्षदेखि माथि उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा ५० प्रतिशत, र ७० बर्षदेखि ७९ वर्षसम्म उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २५ प्रतिशत छुट हुने स.स्थाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस