aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको अंकित मूल्य रू. १००० दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले १० वर्षे अवधिको  वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलि अर्थात बिहीवार देखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
 

प्रतिक्रिया दिनुहोस