aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो, कुन देशको कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
आज अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्यो, कुन देशको कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९१ पैसा र बिक्री दर १३१ रूपैयाँ ५१ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १७ पैसा र बिक्री दर १६३ रूपैयाँ ९१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ६१ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस