
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार (आज) २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले लगानीयोग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारमा सो बराबरको रकम पठाउन लागेको हो ।
राष्ट्र बैंकले १४ दिन अवधिका लागि सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा पठाउन लागेको हो । उक्त रिपो खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागि हुन पाउनेछन् । बैंकले यसअघि चैत २ गते १५ अर्ब रुपैयाँ तरलता बजारमा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस