
काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७२पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री दर १४३ रूपैयाँ १८ पैसा कायम छ ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ३९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस