aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सामुदायिक लघुवित्तको लाभांश संशोधन, १५ प्रतिशतमै सिमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
सामुदायिक लघुवित्तको लाभांश संशोधन, १५ प्रतिशतमै सिमित

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

फागुन ९ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १३ करोड २० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संशोधन गरी १५ प्रतिशतमा सिमित गरिएको छ । अब कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न कडाई गर्दै आएको छ । १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने कम्पनीले ९५ प्रतिशतसम्म विभिन्न जगेडा कोषमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश दिने तयारी गरेको हो ।

यस अघि कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाछ ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । राष्ट्र बैंकले स्वीकृत गरेको १५ प्रतिशत लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस