aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हिमालयन बैंकद्धारा अपाङ्गमैत्री एटीएम संचालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
हिमालयन बैंकद्धारा अपाङ्गमैत्री एटीएम संचालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटीएमको सुरुवात गरेको हो ।

बैंकको सो एटीएमको उद्घाटन शुक्रबार स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल  इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षित द्वारा गरिएको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बंैक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


 

प्रतिक्रिया दिनुहोस