aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनआईसी एशिया बैंकका ग्राहकले  बर्फी स्वीट्समा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
एनआईसी एशिया बैंकका ग्राहकले  बर्फी स्वीट्समा छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले न्युरोडमा रहेको  केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार बैंक र बर्फी स्वीट्सबीच छुट दिने समझदारी भएको हो । 

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह–संस्थापक प्रिया तयालज्यूले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस