
काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुङ्गना तिम्सिनासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको समेत उपस्थिति रहेको थियो । मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० एटिएममर्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस