aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आज बेलायती पाउण्डको मूल्य घट्यो, अरु देशको के छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ चैत्र २०७९
आज बेलायती पाउण्डको मूल्य घट्यो, अरु देशको के छ अवस्था ?

काठमाडौं । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ४७ पैसा र बिक्री दर १४३ रूपैयाँ १३ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २९ पैसा र बिक्री दर १६३ रूपैयाँ ३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ १८ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस