काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपौयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरणको तयारी गरेको हो । यस अघि कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस