aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सानिमा बैंकको नेपाली नयाँ वर्ष योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ चैत्र २०७९
सानिमा बैंकको नेपाली नयाँ वर्ष योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग “नेपाली नयाँ वर्ष योजना” का लागि सहकार्य गरेको छ । यो योजना यहि चैत्र २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुनेछ । 

उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट÷क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ । 

सानिमा डोमेस्टिक  डेबिट कार्डमा ८ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म छुट पाइनेछ भने सानिमा डोमेस्टिक क्रेडिट कार्डबाट १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म छुट पाइनेछ । साथै सानिमा डोमेस्टिक डेबिट÷क्रेडिट कार्डमा २० प्रतिशतदेखि दुई सय रुपैयाँ छुट पाइने भएको छ । ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।   

प्रतिक्रिया दिनुहोस