aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनआईबिएल सहभागिता फण्डको इकाई वितरकमा सिन्धु विकास बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
एनआईबिएल सहभागिता फण्डको इकाई वितरकमा सिन्धु विकास बैंक

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाई वितरक (एजेन्ट) तोकिएको छ । एनआईएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाको इकाई वितरकमा सिन्धु विकास बैंक लिमिटेडलाई नियुक्त गरिएको हो । 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले इकाईहरूको खरीद विक्री सहज बनाउनका लागि सिन्धु विकास बंैकलाई वितरकमा नियुक्त गरेको जानकारी दिएको हो । खुलामुखी प्रकिृतिको यस योजनाका इकाईधनीहरूले सिन्धु विकास बैंकको तोकिएका शाखा कार्यालयमार्फत इकाई खरीद विक्री गर्न सक्नेछन् ।

२ अर्ब रूपैयाँको योजनाको आकार रहेपनि चैत १५ सम्म योजनाको आकार १ अर्ब ४४ करोड २० लाख ५२ हजार कायम रहेको योजना व्यवस्थापकको भनाई छ । यस योजनाका इकाईधनीहरू जम्मा ५३ हजार ७५० जना रहेका छन् । चैत १५ गतेसम्मको योजनाको खुद सम्पत्ति मूल्य रू. १० दशमलव १७ रहेको छ । 

यस योजनाले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ८ दशमलव २५ प्रतिशत, आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ५० प्रतिशत र आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ७ दशमलव २० प्रतिशत लाभांश वितरण गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस