
काठमाडौं । कुमारी बैंक लिमिटेडले ७२ हजार ६४४ कित्ता संस्थापक शेयर आगामी वैशाख ५ गतेदेखि विक्रीमा ल्याउने भएको छ । प्रतिकित्ता रू. ११० अंकित मूल्यमा अन्य व्यक्ति तथा सस्थाहरूले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा आएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी वैशाख ११ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख ११ गते अपरान्ह ४ बजे खोलिने जानकारी बैंकले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस