काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सानातिना धक्काले नेपालका बैंक जोखिममा नपर्ने बताएका छन् । मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘समग्रमा हाम्रा बैंकहरुको अवस्था सुरक्षित छ । सानोतिनो धक्काले जोखिममा पर्दैनन् ।’ त्यस्तै, उनले नेपालमा मूल्यवृद्धि केही हदसम्म नियन्त्रित भएको र घट्ने क्रममा रहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस