
काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको बैठकले आगामी बैशाख महिनाका लागि बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैठकले १.०१ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका हुन् । अब निक्षेपको ब्याजदर एकल अंकमा झर्ने भएको छ ।
हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस