aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिटिजन्स बैंकले ल्यायो आकर्षक छुट योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
सिटिजन्स बैंकले ल्यायो आकर्षक छुट योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । 

यस बैंकको बैशाख ७ गते वार्षिकोत्सव हुँदैछ । यसलाई लक्षित गर्र्दै बैंकले यहि वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न  क्यास लेस कारोवारमा भारी छुटरक्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । 

सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पीओएस मेसिन र अनलाईन मार्पmत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैयाँसम्म क्यासब्याक दिइने छ । यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि पाँच सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस