aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ग्लोबल आइएमई बैंकको ‘सोचे जस्तै बैंक खाता’ सञ्चालन, बचत र मुद्दती दुबैको प्रतिफल पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ बैशाख २०८०
ग्लोबल आइएमई बैंकको ‘सोचे जस्तै बैंक खाता’ सञ्चालन, बचत र मुद्दती दुबैको प्रतिफल पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंक खाता सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले सोचे जस्तै बैंक खाता सञ्चालनमा ल्याएको हो ।  

बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको ईच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ ।   

यसका साथै सोचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस