
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको छ । सिविफीनले नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित भएको हो । संविधान दिवस–२०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको छ ।
उक्त मानपदवी सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्दै आएको छ । वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने काम गरिरहेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस