aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महालक्ष्मी विकास बैंकले वितरण गर्यो बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
महालक्ष्मी विकास बैंकले वितरण गर्यो बोनस शेयर

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको बोसन शेयर वितरण गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि वितरण गरिएको हो । 

चैत ३० गते उक्त बोनस शेयर वापतमा १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता शेयर सूचीकृत गराएको कम्पनीले सोही दिनदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।

यस अघि कम्पनीले सोही सभाबाट पारित ६ दशमलव ४६ प्रतिशत नगद लाभांश समेत वितरण गरिसकेको छ । २१औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस