aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगञ्जको हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा हेल्थ केयर अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बिसि शाहले हस्ताक्षर गरेका हुन् ।  

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पतालमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको    छ ।  
 

प्रतिक्रिया दिनुहोस