काठमाडौं । तीन कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । ग्लोबल आइएमई बैंक, एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।
ग्लोबल आइएमई बैंकले ५ लाखकित्ता संस्थापक शेयर प्रतिकित्ता रू. १३५ का दरले विक्रीमा ल्याएको हो । उक्तशेयर खरीदगर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको वैशाख ४ गतेको मितिले ३५ दिनभित्र रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार ७१८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्तशेयर खरीदगर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको वैशाख ४ गतेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड झापामा बोलपत्र पेश गर्न सक्नेछन् ।
महालक्ष्मी विकास बैंकले १ लाख ८५ हजार कित्ता संस्थापक शेयर विक्रीगर्न लागेको हो । उक्त शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको वैशाख ४ गतेको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
यी तीनओटै कम्पनीले तोकिएको अवधिमा संस्थापक शेयरधनीहरूको निवेदन प्राप्त नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस