aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तोकिएकै समयमा बिक्यो महालक्ष्मी विकास बैंकको ऋणपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
तोकिएकै समयमा बिक्यो महालक्ष्मी विकास बैंकको ऋणपत्र

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बिक्री खुल्ला गरेको “११ प्रतिशत महालक्ष्मी डिभेञ्चर –२०८९” तोकिएको समय भित्रै बिक्री भएको छ । दश वर्ष अवधि तथा वार्षिक ब्याजदर एघार प्रतिशत भएको “११ प्रतिशत महालक्ष्मी डिभेञ्चर –२०७९” बिक्री खुल्ला गरिएको हो । 

प्रति ऋणपत्र  एक हजार रुपैयाँ अङ्कित मूल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम एक अर्ब रुपैंया बराबरको ऋणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरूको लागि सार्वजनिक निष्कासनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरिदका लागि छिटोमा वैशाख ४ गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात् वैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।   

 

प्रतिक्रिया दिनुहोस