aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एभरेष्ट बैंकको र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता, कर्जा सुरक्षण गर्न सहज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
एभरेष्ट बैंकको र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता, कर्जा सुरक्षण गर्न सहज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार भएको सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र कोषका कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् । 

सो कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल कर्जा विभाग प्रमुख अन्जु शर्मा र बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीको  उपस्थिति रहेको थियो।  

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै एभरेष्ट बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाखसम्म कर्जा पाउने भएक छन् । त्यस्तै, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति बीस लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति दश लाखसम्म कर्जा पाउँछन् । 

भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म कर्जा पाइन्छ भने सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति दश लाखसम्म कर्जा पाउने भएका छन् । सशस्त्र द्धन्द्धबाट प्रभावित व्यक्तिको लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार दश लाख रुपैयासम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस