aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार क्यासब्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार क्यासब्याक

काठमाडौं ।  नबिल बैंकका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ ५जि र ग्यालेक्सी ए ५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

सामसङले नबिल बैंकसंगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् ।

नबिलको कार्डका लागि देशका २५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट अथवा एनबैंकबाट लिन सकिने बैंकले जनाएको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस