aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ब्याज आम्दानी बढेसँगै निफ्राको खुद नाफा ६७.४४ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
ब्याज आम्दानी बढेसँगै निफ्राको खुद नाफा ६७.४४ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा ६७.४४ प्रतिशतले बढेको छ । 

समिक्षा अवधिमा बैंकले ९१ करोड ६१ लाख १४ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले ५४ करोड ७१ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढेको हो ।

चैत मसान्तसम्म बैंकले २ अर्ब ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । उक्त ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ५५.२१ प्रतिशतले बढि हो । गत आवको चैत मसान्तसम्म बैंकले एक अर्ब २९ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

त्यस्तै गत आवको सोही अवधिमा ९९ करोड २० लाख रुपैैयाँ सञ्चालन नाफा गरेको कम्पनीले समिक्षा अवधिमा एक अर्ब ६५ करोड ९७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । उक्त नाफा गत आवको तुलनामा ६७.३० प्रतिशतले बढी हो । 

प्रतिक्रिया दिनुहोस