aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनएमबि बैंकले  शुरु गर्यो पहिलो हेजिङ कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
एनएमबि बैंकले  शुरु गर्यो पहिलो हेजिङ कारोबार

काठमाडौं । विकास उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागी डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ । नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ । विदेशी यस्ता दात्री निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । 

फलस्वरुप यसरी प्राप्तहुने विदेशी मुद्राको उतार चडाबलाई नियन्त्रण गर्नका लागी नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बैंकले जनाएको छ । यस्ता उतार चडाब नियन्त्रण गर्नका लागी एनएमबि बैंकले The Currency Exchange Fund (TCX), Amsterdam र MFX Currency Risk Solutions, Washington सगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने नेपालको अग्रणी बाणीज्य बैंक भएको छ । 

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भुमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराउनु भएकोमा टिसीएक्स र एफएफएक्स  प्रतिएनएमबि बैंक आभारी रहेको छ । 

यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोगप्रतिको प्रतिबद्घता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोबार गर्नका लागी मार्ग प्रसस्त गरेको बैंकले जनाएको छ ।  अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्यप्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस