aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारी बैंकमा २४.३८ प्रतिशत तरलता रहेको छ ।

चैत मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८४५ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५१७ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको संख्या घटेको पाइएको छ । जबकी माघ मसान्तसम्म उक्त ऋणीको संख्या ५३८ रहेको थियो । 

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४४ अर्ब ४३ करोड ३ लाख, ऋण लगानी ३३ अर्ब ६४करोड ९१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैैंकको ऋण लगानी पनि घटेको छ । फागुन मसान्तसम्म बैंकले ३३ अर्ब ८९ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेको थियो ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम १० अर्ब ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६८ करोड र कुल सम्पत्ति ५२ अर्ब २५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस