काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार सहकारीमा २३.९१ प्रतिशत तरलता रहेको छ ।
गत फागुन महिनाको तुलनामा सहकारीको तरलता घटेको छ । गत फागुन महिनामा सहकारीको तरलता २४.१३ प्रतिशत रहेको थियो । चैत मसान्सम्म सहकारीमा कुल शेयर सदस्यहरुको संख्या ८ हजार ८१२ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या एक हजार ५०७ रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल सहकारी शेयरपुँजी २१ करोड ९९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १५ करोड ७३ लाख, कुल बचत १ अर्ब ६३ करोड ३२ लाख, ऋण लगानी एक अर्ब ७८ करोड १० लाख रुपैयाँ रहेको छ ।
हाल सहकारीको तरलता रकम ३९ करोड ५ लाख ७४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा सहकारीको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, विभिन्न कोषको जम्मा रकम १२ करोड २८ लाख र कुल सम्पत्ति २ अर्ब २४ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस