aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनआईसी एशिया बैंकको खराब कर्जामा सामान्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
एनआईसी एशिया बैंकको खराब कर्जामा सामान्य वृद्धि

काठमाडौं । एनआईसी एशिया बैंकको  खराब कर्ता प्रतिशत वृद्धि भएको छ । बैककोले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा ०.३४ प्रतिशतले खराब कर्जा प्रतिशत बढेको देखाएको छ । गत वर्षको सोहि अवधिमा ०.५१ प्रतिशत रहेकोमा यो त्रैमासमा ०.८५ प्रतिशत पुगेको हो । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस