
काठमाडौं । कुमारी बैंकले चैत मसान्तसम्म १ अर्ब ८२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशत, कुल सञ्चालन आम्दानी ६७.८८ प्रतिशत वृद्धि भएको छ । निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
यसले गर्दा बैंकको सञ्चालन मुनाफा २७.८२ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ लाख ८६ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ २५ पैसामा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा र प्रतिशेयर नेटवर्थ १४० रुपियाँ २९ पैसा छ ।
प्रतिक्रिया दिनुहोस