aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड २३ लाख, खराब कर्जाको वृद्धि दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
नेपाल बैंकको नाफा १ अर्ब ७८ करोड २३ लाख, खराब कर्जाको वृद्धि दोब्बर

काठमाडौं । नेपाल बैंकको खुल नाफा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ भएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो खुद नाफाको विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब १९ करोड कमाएको बैकको १८.७२ प्रतिशत यो त्रैमासमा कमाएको  हो।

बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशत, कुल सञ्चालन आम्दानी २७.३२ प्रतिशतले बढेको छ। निष्क्रिय कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत भएको छ । यसका कारण इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ४८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसा भएको छ। गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २० अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। 

प्रतिक्रिया दिनुहोस