aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मुक्तिनाथ विकास बैंकले कमायो ८० करोड ६२ लाख नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
मुक्तिनाथ विकास बैंकले कमायो ८० करोड ६२ लाख नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंक लिमिटेडले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत घटेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै, बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । 

बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस