
काठमाडौं । दुई सहकारी संस्था मर्जरमा गएका छन् । बिहिबार चन्द्रागिरी नगरपालिकाले सहकारी संस्थाको एकीकरण गरिएको एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
एकिकरणमा गएका सहकारीहरुमा इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था र बिहानी नारी कृषि बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यी दुबैको कार्यक्षेत्र चन्द्रागिरी नगरपालिका रहेको छ ।
यी दुई सहकारी एकिकरणपछि इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस