
काठमाडौं । पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित घामपानी बचत तथा ऋण सहकारी संस्था र पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पतालबिच सम्झौता भएको छ । सहकारीका सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलव्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
घामपानी साकोसका तर्फबाट प्रवन्धक रबिन्द्र तिवारी र मणिपाल शिक्षण अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रवन्धक रबिन्द्र तिवारीले सदस्य सेवालाई अझ व्यापक र विस्तार गर्ने योजना अनुरुप सो सम्भौता भएको बताए । यो सम्झौता बमोजिम घामपानी साकोसका सदस्यहरुले संस्थाद्वारा जारी परिचयपत्रका आधारमा मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट पाउनेछन् ।
यस सहकारीका सदस्यहरुले मणिपालमा दर्ता शुल्कमा १०० प्रतिशत, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँच तथा प्याथोलोजिमा १५ प्रतिशत, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १० प्रतिशत, अन्यमा १० प्रतिशत छुट सुविधा पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस