
काठमाडौं । लगानी गरेको कर्जा उठाउन कुनै कसर बाँकी नराखेको एनआईसी एशिया बैंकले नतिजा पनि गज्जबकै हात पारेको देखिएको छ । बिहिबार प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा यस्तो देखिएको हो ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम कम खराब कर्जा एनआईसी एशिया बैंकको देखिएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार उल्लेख्यरुपमा यस बैंकले खराब कर्जा घटाएको छ ।
एनआईसी एशिया बैंक सबैभन्दा कम जोखिम कोष (प्रोभिजन) गर्ने बैंकका रूपमा देखा परेको छ । यस बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशत मात्रै रहेको उक्त विवरणमा उल्लेख छ । अघिल्लो वर्ष समेत यो बैंकको खराब कर्जा ०.१५ प्रतिशत मात्रै थियो ।
यो बैंकले २३ करोड ५२ लाख रुपैयाँ जोखिमयुक्त कर्जाका लागि छुट्याउँदा नाफा भने ४ अर्ब रुपैयाँ भन्दा माथि गरेको देखिन्छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३५ पैसा बढेर ४६ रुपैयाँ २९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ ।
समग्रमा अन्य बैंकहरुको खराब कर्जा निकै नै बढेको देखिएको छ । जसका कारण वाणिज्य बैंकहरुले अहिले ३१ अर्ब रुपैयाँ भन्दा बढी रुपैयाँ जोखिम कोषमा राखेका छन् ।
एनआईसीले ऋणीहरूलाई अत्त्याउने, धम्क्याउने र दुख दिने दिएर ऋण असुली गरेका विभिन्न घटनाहरू सार्वजनिक भएका थिए । यसबारे ब्यापकरुपमा आलोचना समेत भइरहेका थिए ।
कतिपय घटनाहरूमा एनआईसीका कर्मचारीहरू अमानवीय ढङ्गले प्रस्तुत भएका भन्ने समाचार र बिलौना समेत सुनिने गरेको छ । त्यसबाहेक ऋणका घर अगाडी मानसिक दबाब दिनगरि आफ्ना सुरक्षा गार्डहरू नै लगेर राख्ने गरेका छ ।
त्यति मात्रै होइन एनआईसी एशिया बैंकले कहिकतै कतै नगरेका हारगुहार समेत ऋण असुलीका लागि गरेका प्रमाणहरू फेला परेका छन् । यस बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयलाई आदेशात्मक शैलीमा पत्र पठाएको विषयले निकै चर्चा समेत पाएको छ । जहाँ ऋणीले अन्य कम्पनी खोल्न नपाउने, शेयर हस्तान्तरण गर्न नपाउनेदेखि लिएर कम्पनी नवीकरण गर्न समेत नपाउने व्यवस्था गर्न बैंकले मागेको थियो ।
पढौँ, यो पनि
प्रतिक्रिया दिनुहोस