
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक तर्फको ७ लाख १५ हजार ९५० कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. ३९५ अंकित मूल्यमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १७ गते दिउँसो ३ बजे खोलिने कार्यक्रम तय भएको छ । बोलपत्र विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेछ ।
प्रतिक्रिया दिनुहोस