
काठमाडौं । अर्थतन्त्रका सबै क्षेत्रहरु सुस्ताएका छन् । चर्को ब्याजदरका कारण व्यवसाय चलाउनै नसकिने भयौं भन्ने गुनासो सबै स्तरका व्यवसायीहरुको छ । तर, त्यही चर्को ब्याजदर बैंकहरुको व्यापारका लागि भने वरदान सावित भएको देखिन्छ ।
हाल सञ्चालनमा रहेका २१ बैंकहरुले आर्जन गरेको नाफा हेर्दा बैंकिङ क्षेत्रलाई भने अर्थतन्त्रमा आएको सुस्तताले खासै छोएको देखिदैन । जसमा दुई तिहाई बैंकहरुले नाफा बढाएका छन् भने एक तिहाई अर्थात ७ वटा बैंकले मात्रै अघिल्लो वर्षभन्दा कम नाफा गरेको देखिन्छ ।
यसरी बैंकहरुको नाफामा वृद्धि हुनको प्रमुख कारण ब्याज मार्फत भएको कुस्त आम्दानी नै हो । उक्त वित्तीय विवरण अनुसार गत आवको सोही आवको तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ४७.४४ प्रतिशतले बढेको छ ।
बैंकहरुको नाफामा खुद ब्याज आम्दानीको हिस्सा कति ?
सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा बैंकहरुले गरेको कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँमा ब्याज मार्फत भएको आम्दानीको हिस्सा २८२.९६ प्रतिशत रहेको छ । यसबीच बैंकहरुले खुद ब्याजका रुपमा कुल एक खर्ब ३७ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् ।
गत आवको सोही अवधिमा बैंकहरुले कमाएको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ मा खुद ब्याजबाट भएको आम्दानीको हिस्सा २१४.३१ प्रतिशत रहेको थियो । सो अवधिमा बैंकहरुले खुद ब्याज आम्दानीका रुपमा ९३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
यस्तो छ बैंकहरुको नाफामा ब्याज आम्दानी अवस्था
बैंकहरुले सार्वजनिक गरेकोे वित्तीय विवरण अनुसार सात वटा बैैंकहरुको नाफा घटेको छ । बैंकहरुले ब्याज मार्फत आम्दानी बढाएपनि नाफालाई खराब कर्जा व्यवस्थापन (प्रोभिजिनिङ) गरेका कारण नाफा घटन् गएको हो ।
यस अवधिमा नाफा घटेका बैंकहरुमा सनराइज, सिद्धार्थ, माछापुच्छ्रे, प्राइम कमर्शियल, नेपाल बैंक, सिटिजन्स इन्टरनेशनल र कृषि विकास बैंक रहेका छन् ।
चालु आवको तेस्रो त्रैमाससम्म एक अर्ब १७ करोड ९ लाख रुपैयाँमा नाफा कमाएको सनराजइन बैंकको नाफामा ब्याजको हिस्सा ३५८.५४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकले ब्याज आम्दानी मार्फत ४ अर्ब १९ करोड ८३ लाख रुपैयाँ कमाएको छ । तर, पनि बैकले नाफालाई खराब कर्जा व्यवस्थापन (प्रोभिजिनिङ) गरेका कारण नाफा घटन् गएको हो ।
त्यस्तै, चैत मसान्तसम्म एब अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको प्रभु बैंकमा खुद ब्याज आम्दानीको हिस्सा ३४१.८२ प्रतिशत, एसबीआई बैंकको नाफामा ब्याजको हिस्सा २२९.१४ प्रतिशत, नबिल बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा २३६.५२ प्रतिशत र सिद्धार्थ बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा ४०७ प्रतिशत रहेको छ ।
अन्य बैंकको ब्याज आम्दानीकाे विवरण
नाफामा सञ्चालन नाफाको हिस्सा
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अवधिमा बैंकहरुले गरेको कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँमा सञ्चालन नाफाबाट भएको आम्दानीको हिस्सा १४५.५८ प्रतिशत रहेको छ । यसबीच बैंकहरुले सञ्चालन नाफाका रुपमा ७० अर्ब ९० करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् ।
गत आवको सोही अवधिमा बैंकहरुले कमाएको नाफा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँमा सञ्चालन नाफाबाट भएको नाफाको हिस्सा १४०.८५ प्रतिशत रहेको थियो । सो अवधिमा बैंकहरुले सञ्चालन नाफाका रुपमा ६१ अर्ब ४३ करोड ४लाख रुपैयाँ रहेको थियो ।
यस्ताे छ बैंकहरुको नाफामा सञ्चालन नाफाको हिस्सा
प्रतिक्रिया दिनुहोस