aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने विषयमा प्रभु बैंकले गर्यो त्रिपक्षीय सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने विषयमा प्रभु बैंकले गर्यो त्रिपक्षीय सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबिच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालिका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबिच उक्त त्रिपक्षीय सम्झौता भएको छ । यस साझेदारी को मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस