aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

भुक्तानीमा अर्को नयाँ शुरुवात, कालोधन नियन्त्रण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
भुक्तानीमा अर्को नयाँ शुरुवात, कालोधन नियन्त्रण हुने

 काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीमा नयाँ युगको शुरुवात भएको जनाएको छ।  आइतबार आरटीजीएस रियल टाइम ग्रस सेटलमेन्टको उद्घाटन गर्दै तत्कालै गर्नु पर्ने भुक्तानीमा नयाँ युगको शुरुवात भएको छ।  प्रणाली ले सबैलाई सहयोग गर्छ। मनी लाण्डरिङ र आतंकवादी ले गर्न सक्ने आर्थिक कारोवारलाई यसले नियन्त्रण गर्ने छ।  यो जटिल कार्य निक्कै ठूलो प्रयत्नबाट मात्र सम्भव भएको हो । 

विदेशमा अन्य देशका बैंकिङ प्रणालीका प्रमुखहरूले आरटीजीएसको कुरा गर्दा आफू मौन बस्नु परेकोमा अब त्यो दिनको  अन्त्य भएको राष्ट्र बैंकले पत्रकार सम्मेलनमा बताएको छ । माछपुच्छ्रे बैंक, इन्भेष्टमेन्ट बैंकले २० करोडको भुक्तानी गरेर यसको सुरुवात गरेका छन्। 

प्रतिक्रिया दिनुहोस