aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नेपालको भुक्तानी प्रणाली आधुनिक युगमा प्रवेश : गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
नेपालको भुक्तानी प्रणाली आधुनिक युगमा प्रवेश : गभर्नर

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि भुक्तानी प्रणालीमा नयाँ सेवा शुरु गरेको नयाँ युगको शुरुवात भनिएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस ) लागू भएपछि नेपाली भुक्तानी प्रणालीमा नयाँ इतिहास कायम भएको राष्ट्र बैंकको भनाइ छ । 
आरटीजीएसको शुरुवातसँगै सम्पत्ति शुद्धीकरण, आतकवादी समूहको वित्तीय कारोबार एवम् अन्य गैरकानुनी कार्यका लागि हुने कारोबारमा नियन्त्रण हुने राष्ट्र बैंकको भनाइ छ । 

आरटीजीएस लागू भएपछि नेपाली भुक्तानी प्रणालीको इतिहासमा एउटा सुनौलो दिन रहेको छ । वित्तीय प्रणालीको रक्तसंचारको रुपमा रहेको भुक्तानी प्रणालीको आधुनिकीकरणतर्फको एउटा महत्वपूर्ण खुड्किलोको रुपमा रहेको  राष्ट्र बैंकको भनाइ छ ।   नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालका अनुसार नेपाल राष्ट्र बैंक ऐनको उद्देश्यमा उल्लेख भएको सुरक्षित, स्वस्थ्य तथा सक्षम भुक्तानी प्रणाली विकास गरिने भन्ने उद्देश्यलाई परिपूर्ति गर्ने क्रममा र भुक्तानी तथा फछ्र्योट ऐनको प्रस्तावनामा उल्लेखित् मुलुकको समग्र भुक्तानी, संशोधन तथा फस्यौट प्रणालीको विकास, विस्तार, प्रवर्द्धन गर्न वान्छनीय भएको र सोही ऐनको दफा ३४ मा उल्लेखित बैंकले तोकिदिए बमोजिम ठूलो मूल्य र अति जरुरी भुक्तानी तथा कारोवारको फस्यौट आरटिजिएस कुल वा खुद प्रणाली बमोजिम गर्नुपर्नेछ भन्ने वाक्यांशलाई चरितार्थ गर्ने क्रममा यस प्रणालीले सहयोग गर्नेछ। संसारनै डिनिटलाइजेशनतर्फ उन्मुख भईरहेको सन्दर्भमा भुक्तानी प्रणालीलाई पनि सवल सहज, छिटो छरितो र भरपर्दो बनाउने विषयमा यस प्रणालीले सहयोग गर्नेछ भन्ने विश्वास लिएइएको त्यसक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बताए ।

 नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले भने–‘एउटा बैंकमा रहेको कुनै पनि व्यक्ति संस्थाको खाताबाट चेकको प्रयोग नगरी एउटा Instruction प्रदान गरिएको आधारमा तत्कालै अर्को बैंकमा रहेको अर्को व्यक्ति संस्थाको खातामा जम्मा ट्रान्सफर गर्न सकिने यस प्रणालीको सुरुवाता भएसंगै हामीहरुको समयको वचत हने, खर्च कटौती हुने र रकम थोरै समयमा धेरैपटक ट्रान्फर गर्न सकिने भएबाट मुद्राको गति पनि बृद्धि हुन जानेछ । यो कार्य Automated प्रकारको हुने हुनाले कम जनशक्तिको प्रयोगबाट धेरै कार्यसम्पादन गर्न सकिनेछ। तर, Change Management आफैमा एउटा कठिन कार्य भएको हुनाले प्रणालीमा हुन गएको परिवर्तनका कारण अभ्यस्त भैनसकेको अवस्थामा केही कठिनाईहरु पर्न जाने तर्फ हामी सचेत रहेकै छौं ।’

आरटीजीएस लागू सम्बन्धमा हालसम्म भएका कार्य।

१) सन् २०१४ जुलाई २० (२०७१/४/४) मा Nepal Payment System Strategy जारी भएको।
२) नेपाल राष्ट्र बैंकको तेश्रो रणनीतिक योजनामा नेपाल राष्ट्र बैंकमा RTGS स्थापना गर्ने भन्ने उल्लेख भएको ।
३) सन् २०१६ अगष्ट १६ (२०७३/४/३२) मा RTGS, Central Security Depository (CSD) र National Payment System (NPS) को अध्ययन गर्न कार्यदल गठन भएको । सो कार्यदलले सन् २०१७ अप्रिल ११ ((२०७३/१२/२९) मा अध्ययन प्रतिवेदन पेश गरेको।
४) सन् २०१८ मार्च ६ (२०७४/४/२२) मा RTGS स्थापना गर्ने सम्बन्धमा UKaid Sakchyam लाई TOR उलपब्ध गराएको ।।
५) सन् २०१८ सेप्टेम्बर १४ (२०७५/६/१५) मा NRB र CMA | Small System AB after Software License 7 Maintenance and Support Agreement (AMC) HT हस्ताक्षर सम्पन्न भएको ।

६) सन २०१८ डिसेम्बर १८ (२०७५/९/३) मा RTGS स्थापना गरी सञ्चालन गर्न UKaid Sakchyam संग MOU भएको ।
७) सन् २०१८ डिसेम्बर २८ (२०७५ ९ १३) मा RTGS System को स्थापना र सञ्चालनको लागि ८ जनाको Project
Team गठन भएको।
८) सन् २०१९ मार्च ४ देखि अप्रिल ५ (मिति २०७५ /१२/०४ देखि २०७५ १२/२२) सम्म नापल राष्ट्र बैंकका कर्मचारीहरु, सहभागी
बैंकका कर्मचारी तथा NCHL का कर्मचारीहरुलाई RTGS सम्बन्धी तालिम सञ्चालन भएको।
९)सन् २०१९ अप्रिल २२ देखि जुलाई ३१ (२०७६/०१/९ देखि २०७६/०४/१५) सम्म UAT (User Acceptance Testing)
सञ्चालन भएको ।
१०) सन् २०१९ अगष्ट १४ (२०७६/०४/२९) मा RTGS मा सहभागी हुने बैंक तथा वित्तीय संस्थाहरुलाई Intraday Liquidity
Facility (ILF) मार्फत Overdraft सुविधा उपलब्ध गराउने सम्बन्धमा नीतिगत व्यवस्था भएको ।।
११) सन् २०१९ सेप्टेम्वर ४ (मिति २०७६/०५/१८) मा RTGS System Rules, 2019 तथा RTGS मा सहभागी हुने
संस्थाहरुसँग गरिने Participant Agreement तथा NCHL र नेपाल राष्ट्र बैंकबीच हुने MOU को ढाँचा स्वीकृत भएको ।

 

 

प्रतिक्रिया दिनुहोस