aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

प्रभु बैंकको थप दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
प्रभु बैंकको थप दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा

काठमाडाैं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा थप दुई वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले गत शुक्रबार विशेष कार्यक्रमका विच दुईवटा मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेको हो । बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले एक समारोहका बीच उद्घाट्न गरेको हो । 

त्यसै गरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा शुक्रबारै जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त  रुपमा उद्घाट्न गरेको हो । 

महोत्तरि जिल्लास्थित बर्दिबास मालपोत कार्यालयमा र जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । 
प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा समेत टेवा पुग्ने जनाएको छ । 

नयाँ काउन्टरको उद्घाटन सँगै सेवाग्राहीलाई बैंकीङ कारोबार सहज हुने विश्वास लिएको छ । यो सँघै अहिले प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस