
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९१ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३३ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस