aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नागरिक लगानी कोषले लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
नागरिक लगानी कोषले लाभांश पारित  गर्दै

काठमाडौं । नागरिक लगानी कोषको वार्षिक साधारण सभा सोमबार हुने भएको छ । कोषले अघिल्लो आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ  ।

साधारण सभा प्रयोजनका लागि कोषले भदौ १९ गते एक दिन बुक क्लोज गरेकाले भदौ १८ गतेसम्म कायम सदस्य मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बोनस वितरणपश्चातको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस