aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल रेमिट र सहारा नेपाल साकोसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
नेपाल रेमिट र सहारा नेपाल साकोसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

 काठमाडौंका । नेपाल रेमिट इन्टरनेशनल प्रालि र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढि शाखाबाट सहजै भुक्तानी लिन सकिनेछ । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरे । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिनेछ । 

सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ । यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढि शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साकोसले बचत खाता, ऋण, बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै  आएको छ ।
 

प्रतिक्रिया दिनुहोस