
काठमाडौं । महालक्ष्मी विकास बैंकले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साँखुमा रहेको जुनकिरी पब्लिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो ।
राउण्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीलाई प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै बैंकले विद्यालयमा झोला सहयोग गरेको जनाएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थी, राउण्ड टेबल नेपालका पदाधिकारी र बैंकका तर्फबाट बजार निक्षेपीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सी तथा बाग्मती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति थियो ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यो बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस