aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनएमबि बैंकका स्मार्ट नारी बचतका ग्राहकले यी दुई सामान खरिद गर्दा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
एनएमबि बैंकका स्मार्ट नारी बचतका ग्राहकले यी दुई सामान खरिद गर्दा विशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सामसुङ HIM Electronics Pvt. Ltd. सँग सम्झौता गरेको छ । एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सम्झौता गरिएको हो । 

ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबी मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन ।

यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।  
 

प्रतिक्रिया दिनुहोस