aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुमारी बैंकको २९ लाख ६५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
कुमारी बैंकको २९ लाख ६५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक (साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर वैशाख १५ गतेदेखि विक्रीमा आउने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

प्रतिकित्ता रू. ११९ मूल्य तोकेर विक्रीमा ल्याएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

इच्छुक आवेदकहरूले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस